भारतको प्रतिष्ठित श्री कोडिमठ संस्कृत साहित्य पुरस्कारबाट जंगम सम्मानित

भारतको बनारसमा आयोजित समारोहमा जगदगुरु विश्वाराध्य ज्ञान सिंहासन महापीठबाट गएको शुक्रबार भरत जंगमलाई श्री कोडिमठ संस्कृत साहित्य पुरस्कारबाट सम्मान प्रदान गरिएको हो ।

साहित्यिक पत्रकार संघका आजीवन सदस्य समेत रहनुभएका जङ्गमले नेपाली भाषामा थुप्रै किताबहरु लेख्नुभएको छ।

उहाँ भ्रष्टाचार बिरोधी अभियान्ताका रुपमा देशबिदेशमा चिरपरिचित हुनुहुन्छ।

भ्रष्टाचारमुक्त समाजको परिकल्पना साकार पार्न अवनरत संघर्षमा लागिरहनुभएका जंगम हिन्दुत्व जागरण,पुरातात्विक,धार्मिक,सांस्कृतिक स्थलको संरक्षण तथा पुनरुत्थानमा अग्रसर हुनुहुन्छ।

नेपालमा वीरशैव परम्परा एवं जङ्गम सम्प्रदायका बारेमा शास्त्रीय पक्षको लेखन तथा प्रकाशन गर्नुका साथै १४ भाषामा अनुबादित उपन्यासलगायतका विभिन्न मौलिक कृतिको लेखन जस्ता कार्यमा अनवरत सक्रिय हुनु भएकोमा उहाँलाई सो सम्मान प्रदान गरिएको हो।
                                                                                    https://youtu.be/vjXrq3lbPoA?t=12